कपिलवस्तुमा आगलागी, चार घर जलेर नष्ट

प्रकाशित मिति:

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकसवासामा भएको आगलागीबाट ४ घर जलेर नष्ट भएका छन् ।आगलागीवाट ४ घर र ३ गोठ जलेर पर्ण रुपमा नष्ट भएका छन् । शुक्रबार दिउँसो एक बजेबाट लागेको आगोले स्थानीय रमेश नेपाली, प्रदिप नेपाली, धनबहादुर नेपाली र पूर्णबहादुर नेपालीको घर पूर्ण रुपमा जलेको वडा प्रहरी कार्यालय चन्द्रौटाले बताएको छ ।

घरसँगै गोठमा लागेको आगोमा परि केही पशुचौपायासमेत मरेको प्रत्क्षयदर्शीले बताएका छन् । आगलागीबाट घरभित्र रहेको अन्न लत्ताकपडा, नगद र जिन्सी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।दिउँसो घरमा कोही नभएको समयमा आगलागी भएकाले धेरै क्षति हुन पुगेको स्थानीवासीले बताएका छन ।नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानीयको सहयोगमा साँझ ५ बजे मात्र निभाइएको थियो ।