महाभारत युद्धपछि अर्जुनलाई के दिइयो जिम्मेवारी ?

प्रकाशित मिति:

काठमाडौं । महाभारत युद्धपछि पाण्डवहरुले हस्तिनापुरको राज्य पाए। महाभारत युद्धका मुख्य पात्र मध्ये एक अर्जुनलाई राजा बनाइएन। उनको स्थानमा जेठादाजु युधिष्ठिरलाई राज्याभिषेक गराइयो ।महाभारतको शान्ति पर्वका अनुसार अन्य भाइहरुलाई हस्तिनापुर राज्यको अलग(अलग महत्वपूर्ण जिम्मेवारी दिइयो । युधिष्ठिर पछि भीमलाई हस्तिनापुरको उत्तराधिकारी घोषित गरियो । यस बाहेक कयौ मानिसहरुलाई थाहा छैन कि अर्जुन, नकुल र सहदेवले के जिम्मेवारी पाए ।

शान्ति पर्वका अनुसार, युद्धमा जितेर ऋषिहरुको आज्ञा अनुसार पाण्डव हस्तिनापुर गए। त्यहाँ विधि(विधानसँग युधिष्ठिरको राज्याभिषेक भयो । राज्याभिषेकपछि युधिष्ठिरलेभीमलाई युवराजको पदमा नियुक्त गरे । काका विदुरलाई राजकाज सम्बन्धी सल्लाह दिने , निश्चय गर्ने तथा सन्धि, विग्रह आदि ६ कुराको निर्णय लिने अधिकार दिइयो ।सेनाको गणना गर्ने , त्यसलाई भोजन र खर्च उपलब्ध गराउने काम नकुललाई सुम्पियो । अर्जुनलाई सेनापति बनाइयो । शत्रुको देशमा आक्रमण गर्ने तथा दुष्टलाई दण्ड दिने जिम्मेवारी उनलाई दिइयो । ब्राह्मण, देवताहरुको र पुरोहितीको काममा महर्षि धौम्य नियुक्त भए। सहदेवलाई युधिष्ठिरले आफैसँग रखे।

विदुर, संजय र युयुत्सुलाई राजा धृतराष्ट्रको सेवामा रहन र उनको आज्ञा पालन गर्न भनियो । यस प्रकार युधिष्ठिरले अन्य मानिसहरुलाई पनि उनको सामर्थ्यको अनुसार अलग(अलग कामको जिम्मेवारी दिए ।