रोटरी रोट्रयाक्टको छुट्टा छुट्टै मैत्रिपुर्ण भलिबल प्रतियोगिता सुरु

प्रकाशित मिति:

सैनामैना /रोटरी रोट्रयाक्टको छुट्टा छुट्टै मैत्रिपुर्ण भलिबल प्रतियोगिता बुटवलमा शुरु भएको छ । आर.आई डिष्ट्रिक ३२९२ नेपाल–भुटान अन्तर्गत स्व.रोटरीयन कमलराज पाठक (पिएचफ) को स्मृतिमा शुक्रबार देखी २ दिने छैठौ रोटरी रोट्रयाक्ट रनिङ् शिल्ड भलिबल टुर्नामेन्ट २०७५ बुटवल मण्डपमा सुरु भएको हो । रोट्रयाक्ट क्लब अफ बुटवल साउथको आयोजनामा शुरु भएको प्रतियोगिताको पश्चिमाञ्चल भलिबल संघका उपाध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले उद््घाटन गर्नुभएको छ । उद्घाटन खेलमा ४ खेल सम्पन्न भएका छन् । खेलमा आयोजक रोट्रयाक्ट क्लव अफ बुटवल साउथ,रोटरी क्लव अफ सैनामैना,रोटरी क्लव अफ बुटवल डाउन टाउन र रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी विजयी भएका छन्।

प्रतियोगिताको पहिलो खेलमा रोट्रयाक्ट क्ल्व अफ सेन्ट्रल बुटवल र आयोजक बुटवल साउथ बिच भएको खेलमा आयोजक टिम विजयी भएको हो । यसैगरी दोस्रो खेलमा रोटरी क्लव अफ बुटवल साउथ र रोटरी क्लव अफ सैनामैना बिच भएको खेलमा सैनामैनाले विजयी हासिल गरेको हो । तेस्रो खेलमा रोटरी क्लव अफ बुटवल र रोटरी क्लव अफ बुटवल डाउन टाउन बिच भएको खेलमा डाउन टाउन विजयी भएको हो । यस्तै चौथो खेलमा रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी र रोट्रयाक्ट क्लव अफ बुटवल डाउन टाउन बिच भएको खेलमा तिनाउ सिटी विजयी भएको आयोजकले जानकारी दिएका छन् । खेलको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले पश्चिमाञ्चल भलिबल संघले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको बताउनुभयो । सिंगो प्रदेश ५ कै खेलकुद विकासका लागि यस्ता किसिमका भलिबल प्रतियोगिता हुदा प्रतिभाबान खेलाडी जन्मिने बताउँदै संस्थागत र व्यक्तिगत सम्बन्ध समेत कायम गर्न सहयोग पुर्याउने बताउनुभयो ।

रिजन ५ का चेयर पर्सन एवं जोन १९ का एजि कृष्ण प्रसाद अर्यालले भलिबल प्रतियोगिताले व्यक्त्वि विकाश सँगै समाजमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँल यस किसिमको खेलले रोटरी रोट्रयाक्टको उजागर सँगै छुट्टै पहिचान दिनेमा विश्वास व्यक्त गर्नुभयो । रोटरीयन र रोट्रयाक्टर बिचको सम्बन्ध अझ प्रगाढ बनाउन यो मैत्रिपुर्ण भलिबल खेल प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो । कार्यक्रममा एसिसटेन्ट डिष्ट्रिक टे्रजरर उमानाथ अधिकारी उमेश,जोन १२ का जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ रमेश नेपाल,प्रतिष्ठानका संरक्षक लक्ष्मी पाठक लगायतले कार्यक्रम सफलताको शुभकामना राख्दै निरन्तरता दिन आग्रह गर्नुभयो ।
रोटरी रोट्रयाक्ट बिचमा भेटघाट, एकापसमा समन्वय, एकता र आत्मीय सद््भाव कायम राख्नका लागी कार्यक्रम संचालन गरिएको क्लवका अध्यक्ष प्रकाश खरेलले बताउनुभयो । उहाँले विगत ५ वर्ष देखि आयोजना गर्दै आएको प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि संचालन गरिएको बताउनुभयो । यस क्षेत्रका रोटरीयन जोनहरु जोन १८,१९,२० र २१ मा भएका क्लवहरुका बिचमा खेल खेलाईएको छ भने रोट्रयाक्टमा जोन ११ र १२ का बिचमा खेल भएको क्लवका सचिव कृष्ण भुसालले जानकारी दिनुभयो । विगतको अनुभवलाई आत्मसात गर्दै खेललाई अझ रोमाञ्चक बनाउन रोटरी क्लब र रोट्रयाक्ट क्लब बिच छुट्टा छुट्टै खेल गराई दुवै पोलबाट १–१ टिमलाई शिल्ड,मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ ।