हुलास स्टिलमा आगलागी, ४० लाख बढीको क्षति

प्रकाशित मिति:

बाराको जीतपुरसिमरा उपमहानगरपालिका सिमरास्थित हुलास स्टिल इन्डिस्टिज प्रालीमा आगलागी भएको छ ।

शनिबार मध्यान्ह कुलिङ्ग टावरमा आगलागी भएको हो । आगलागीको कारणबारे खुल्न सकेको छैन । आफूहरु पुग्दा आगो लागिरहेको भेटिएको कामदारहरु बताउँछन् ।नेपाल आयल निगम अमलेखगञ्ज र उपमहानगरको बारुण यन्त्रले करिब ४० मिनेटपछि आगो नियन्त्रण लिएको छ । आगलागीबाट करिब ४० लाख बढीको क्षतिको प्रारम्भिक अनुमान गरिएको कम्पनीका प्रमुख जवाहर लाल आर्यले जानकारी दिए ।

थप समाचार