जिल्लास्तरीय स्नुकरको उपाधी भैरहवाका कशिसलाइ

रुपन्देही पूल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा सञ्चालित छैठौं जिल्लास्तरीय स्नूकर प्रतियोगिताको उपाधि भैरहवाका कशिस क्षेत्रीले हात पारेका छन

प्रकाशित मिति:

दिपक न्यौपाने  बुटवल,२ चैत ।  रुपन्देही पूल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा सञ्चालित छैठौं जिल्लास्तरीय स्नूकर प्रतियोगिताको उपाधि भैरहवाका कशिस क्षेत्रीले हात पारेका छन ।  १ सय ३८ जना खेलाडीलाई पछि पार्दै कशिसले फाइनलमा सुबिन थापालाई बेस्ट अफ नाइनको खेलमा ५—४ ले जितेका हुन् । यस्तै प्रतियोगितामा हाइएस्ट ब्रेकर पनि कशिस नै भएका छन ।  प्रतियोगितामा उदियमान खेलाडीका रुपमा मिलन बोहरा र मन्नु गुप्ता घोषित भए । यस्तै मोटिभेसनल प्लेयरका रुपमा अपांगता भएका स्नुकरप्रेमी जमिल अली सम्मानित भए ।
प्रोमोजिङ प्लेयरका रुपमा सन्देश थापा,रेजिन श्रेष्ठ, चरण श्रेष्ठ, सुनिल राना, प्रितम कार्की, कृष्ण थापा,रमेश राना,दिनेश राना,सन्दीप रसाइली,ओम सारु,रमेश शाही र कुमार थापा मगर घोषित भएका छन् ।  यस्तै खेलाडी सन्जय शाही,सुनिल घिमिरे,मुनुवा जैसवाल र सन्जय कार्की पनी सम्मानीत भएका छन् ।

प्रथमले ३५ हजार,दोस्रोले २० हजार,हाइएस्ट ब्रेकरले ७ हजार नगदसहित मेडल र प्रमाणपत्र पाएका छन् ।  विजयी खेलाडीहरुलाई नेपाल ब्रिलियार्ड स्नूकर तथा पुल संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मी,रुपन्देही पूल तथा स्नूकर संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ,संघका निवर्तमान अध्यक्ष हरि क्षेत्री,संघका संरक्षक सोभित दर्लामी,वरिष्ठ सल्लाहकार सन्जयरत्न बज्राचार्य,यल्लो स्नूकर हाउसका संचालक हेम पुन लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।  प्रतियोगिता समापनका अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष मुल्मीले स्नूकर खेलको विकास र खेलाडी उत्पादनमा रुपन्देही जिल्ला देशमै अग्रणी रहेको भन्दै सराहना गरेका थिए । संघका ज्ल्लिा अध्यक्ष गजेन्द्रमान श्रेष्ठले स्नूकर खेलमा रुपन्देहीलाई नमूना बनाउन छात्रा तथा महिलाहरुलाई निशुल्क प्रशिक्षण कार्यक्रम समेत संचालन गर्न लागेको जानकारी गराए ।  प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष बबिन थापाले रुपन्देहीमा अर्को वर्ष राष्टियस्तरको प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य रहेको र आफुले व्यक्तिगतरुपमा सक्दो सहयोग गरेर भएपनी प्रतीयोगीता सफल तुल्याउने घोषणा गरे ।  संघका प्रेस सल्लाहकार टी.आर शर्माले स्नूकर खेलको विकासको प्रशस्त संभावना रहेको औंल्याउंदै अनुशासन र आचारसंहिता पालना गरेर खेल्न र व्यवसाय संचालन गर्न सुझाव दिए ।  संघका सचिव शिव रानाको सञ्चालन र सदस्य हिमाल थापाको स्वागतमा भएको कार्यक्रममा प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।