मदन भण्डारी स्पोर्टस एकेडेमीको जिल्ला अध्यक्षमा कृष्ण देबकोटा

प्रकाशित मिति:

बुटवल । चैत्र २ ।  मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहिको अध्यक्षमा कृष्ण देबकोटा चयन भएका छन । शनिबार बुटवलमा सम्पन्न चौथौ साधारणसभाबाट देबकोटा सर्वसम्बत रुपमा अध्यक्षमा चयन भएका हुन । यस्तै उपाध्यक्षमा युवराज सारु, कृष्णबहादुर कुमाल,सन्तोष केसी , सचिबमा बिनोद आर्चाय,सहसचिबमा बिकासजंग बस्नेत, कोषाध्यक्षमा घनश्याम गैरे तथा सहकोषाध्यक्षमा पबित्रा ज्ञवाली चयन भएका छन । यस्तै सदस्यहरुमा हेमा बराल, कमल पाण्डे, बिश्वास गुरुङ,मोहमद अली,भिम भण्डारी,अर्जुन श्रेष्ठ,सनत ज्ञवाली, सन्तु थारु,सन्तोष भुषाल,उन्नय रौनियार,पार्वती गीरी, भरत क्षेत्री, मनोज थापा, पबित्रा ज्ञवाली, जमुना केसी,पुष्षा गुरुङ,कल्पाना थापा ,सरु थपा, सन्दिप बराल, महेश खनाल, बलु पुन, र शर्मिला खड्का चयन भएका छन ।

अबिधेशनको उद्घाटन गर्दै प्रमुख अतीथी प्रदेश नम्बर पाचका उधोग,पर्यटन,बन तथा बाताबरण तथा नेकपाका केन्द्रिय सदस्य लिला गीरीले खेलकुदको बिकासका लागी युवाहरुको अनिवार्य उपस्थिती रहनुपर्नेमा जोड दिएका थिए । उनले एकेडेमीले खेलकुदको मात्र नभइ अन्य क्षेत्रमा पनी रचनात्मक काम गरेको भन्दै आगामी दिनमा अझै अगाडी बढ्न सुझाए । कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय उपाध्यक्ष धुव्र आर्चाय, प्रदेश अध्यक्ष नरबहादुर घर्ती, प्रदेश उपाध्यक्ष मिनप्रसाद प्रोख्रेल, नेकपाका प्रदेश कमिटी सदस्य बलबहादुर आर्चाय, निर्मल जिसी, नेकपाका नेता नारायण भटराइ, स्पोर्टस एकेडेमीका प्रदेश सचिब मेघराज भटराइ लगायतले बोल्दै मदन भण्डारी स्पोर्टस एकेडेमीको रफ्तरालाइ अझै अगाड बढाउनुर्पेमा जोड दिएका थिए । स्पोर्टस एकेडेमीका अध्यक्ष नन्दु काउचाको अध्यक्षता तथा कृष्ण कुमालको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा बिभिन्न खेलकुदकर्मीहरुलाइ सम्मान गरिएको थियो ।