होलि पर्व को बिकृती दर्शाउने, पाण्डेकाे चलचित्र “हाेली” छिटै बजारमा !

प्रकाशित मिति:

मिलन पंगेनी, बुटवल ।
हिन्दु हरूकाे प्रमुख चाड मध्येकाे एक हाेलि रंगहरूले सजिएकाे एक विशेष चाड हाे । भनिन्छकि हाेलिकाे दिन पुरानाे कटुता समप्त गरेर दुस्मनी बिर्सेर मानिस, एक अर्कासित मिल्छन् ।

पछिल्लाे समय यस पर्वकाे उत्साह सँग सँगै यसकाे बिकृती पनि निकै बढ्दाे छ । यसै बिकृतीलाई दार्शनिक रूप दिएकाे चलचित्र हालि निर्माण गरिएकाे, चलचित्रका निर्माता, लेखक र निर्देशक रहेका नवीन पाण्डेले सबल पाेष्टलाई जानकारी दिए । सबल सँग कुरा गर्दै निर्माता पाण्डेले हाेलि पर्वकाे बिकृतीलाई दर्शक माझँ सजिलै तरिकाले पुर्याउने र यसबारे सर्वसाधारणलाई सचेत गराउनु यसको मुल उदेश्य रहेको बताउनु भयो ।

चलचित्र होलिमा दिलिप पौडेल, प्रकाश् नेपाली , अमृत अर्याल , प्रकाश् न्याैपाने , दिलिप जि.सि. , बिशाल छेत्री र बिशाल पाण्डेले अभिनय गरेका छन् ।

चलचित्र सन्दीप भट्टराई द्वारा छायांकन गरिएको हो भने आधिकारिक बितरक र उत्पादक दिलिप पौडेल रहेको जानकारी निर्देशनक पाण्डेले दिनु भयो ।