म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा

प्रकाशित मिति:

म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनलमा स्वान्सी सिटीलाई तीन दुई गोलले हराउँदै सिटीले अन्तिम चारमा स्थान बनायो । त्यसो त सिटीले दुई गोलले पछि परेको अवस्थामा खेल उल्ट्याएको हो ।खेलको २० औं मिनेटमा ग्रिमेसले पेनाल्टीमार्फत गोल गर्दै स्वान्सीलाई अग्रता दिलाए । त्यसको नौ मिनेटमा फेरि स्वान्सीले अर्को गोल थप्यो । यसपटक सिलिनाले टिमका लागि गोल गर्दै दुई शून्यले अगाडि राखे ।

पहिलो हाफमा नै दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्न सफल भयो । ६९ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै अन्तर कम गरेका थिए भने ७८ औं मिनेटमा सिटीले उपहार गोलका कारण खेल बराबरी गर्न सफल भयो ।स्वान्सीका नोर्डफेल्डले आफ्नै पोष्टमा गोल गर्न पुगे । निकै रोमाञ्चक अवस्थामा पुगेको खेलको ८८ औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै सिटीलाई अन्तिम चारमा पुर्याए ।