चिकित्सा शिक्षा विधेयकमा ठीक ठाउंमा आयो: नेता बडू

प्रकाशित मिति:

नेपाली कांग्रेसका नेता दिलेन्द्र वडूले चिकित्सा शिक्षा विधेयकमा ढिलै भए पनि ठिक ठाउँमा आएको बताएका छन्। संसदमा विधेयकमाथीको छलफलमा बोल्दै कांग्रेसले यही कुरा उठाउँदा लाश माथी राजनीति गर्न खोजेको भनिए पनि अन्तत सबै सहि ठाउँमा आएको उनको भनाई थियो।

उनले सहमति अनुसार कानुनको निर्माण गर्न सत्ता पक्षलाई  आग्रह गरे। कानुन निर्माणमा सहयोग गर्न कांग्रेस तयार रहेको उनको भनाई थियो । विधेयकको परिभाषा परिमार्जन गरेर ल्याउन खोजिएको बताउँदै उनले नर्सिङ फार्मेसरीका विषयबारे विरोधाभास देखिएको बताए। अहिले चलिरहेका नर्सिङ, फार्मेसी पाँच वर्षमा फेज आउट गर्ने कुरामा विरोधाभाष रहेको उनको भनाई थियो।