प्रहरी भ्यानले मोटरसाईकललाई ठक्कर दिंदा चार घाइते

प्रकाशित मिति:

रुपन्देही/प्रहरीको भ्यानले रुपन्देहीको मणिग्राममा मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकसहित तीनजना प्रहरी घाइते भएका छन् । मोटरसाईकललाई बचाउने क्रममा प्रहरीको भ्यान सडक किनारको बारमा ठोक्किन पुगेको थियो । त्यसक्रममा प्रहरीतर्फ तीनजना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मंगलापुरबाट मणिग्रामतर्फ आइरहेको बा १ झ ८१०२ नम्बरको भ्यानले विद्युत कार्यालय अगाडि सोही दिशाबाट आइरहेको लु १७ प २४८६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मोटरसाईकललाई ठक्कर दिएपछि सडक बारमा ठोक्किन पुगेको उक्त भ्यानले बार समेत भत्काइदिएको छ दुर्घटनामा घाइते हुनेमा मोटरसाईकल चालक लुम्बिनी सांस्कृतिक नगरपालिकाका १९ वर्षिय उमेश यादव, प्रहरी सहायक निरीक्षक केशबहादुर थापा, जवानहरु किशोर जिसी र नगबहादुर खत्री रहेका छन् । उनीहरुको क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।मंगलापुरका प्रहरी प्रमुख यादवले मोटरसाईकल चालकले मदिरा सेवन गरेकाले दुर्घटना हुन पुगेको दावी गरे । मोटरसाईकल बचाउने क्रममा सडकका बारमा भ्यान ठोक्किदा प्रहरीतर्फ तीनजना घाइते भएको उनले बताए । उता, क्रिमशन अस्पतालले पनि मोटरसाईल चालकले मदिरा सेवन गरेको दावी गरेको छ ।

थप समाचार