पहिलो पटक निग्रोधाराम उत्सव गरिने

३ चैत्र २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
535 Shares


कपिलवस्तु – गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्ना माता पितालाई पहिलो पटक भेट गरेको स्थान निग्रोधाराम हाल कुदान भनेर चिनिने स्थलमा पहिलो पटक निग्रोधाराम उत्सव हुने भएको छ ।लुम्बिनी विकास कोषको आयोजना र कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, कपिलवस्तु नगरपालिका वडा नं। २ को सहआयोजनामा चैत्र ६ गते उत्सवको आयोजना गरिन लागेको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताउनु भयो ।

उत्सवलाई प्रदेश नं। ५ का पर्यटनमन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।उत्सवको अवसरमा कुदान क्षेत्रमा बौद्ध पूजा, दीप प्रज्ज्वलन, बौद्ध सम्बन्धी नाटक, बुद्ध गृहनगर प्रवेश गरेको स्मरणमा अबिर उत्सव लगायतका कार्यक्रमहरु सञ्चालन गरिने कोषका सदस्य ज्ञवालीले बताउनु भयो ।निग्रोधाराम बौद्ध धर्म दर्शनको एक पवित्र स्थल हो । गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कँदा पिता राजा शुद्धोधनले पहिलो पटक गौतम बुद्धलाई कुदानमा नै भेट गरेको किंवदन्ती छ ।

चिनिया यात्री फायहन र ह्बेयसानका अनुसार बुद्धले ज्ञान प्राप्त गरेपछि कुदानमा राजा शुद्धोदनलाई दर्शन दिइ पत्नी यशोधरा, ठूली आमा प्रजापति र छोरा राहुललगायत करिब ५ सयलाई बौद्ध संघमा सामेल गराइएको पुस्तकहरुमा उल्लेख गरेको पाइन्छ ।त्यस्तै देवदत्त र सिद्धार्थबीच हा“सको बिषयलाई लिएर विवाद हुँदा यसै स्थानमा न्याय दिइएको बुद्धकालीन इतिहासमा उल्लेख गरिएको छ । उत्सवलाई विशेष रुपमा वडाले पनि सघाउ गर्ने वडा अध्यक्ष राम भजन कलवारले बताउनु भयो ।उत्सवको आयोजनाबाट आफ्नो वडामा रहेको यो स्थलको बौद्धकालीन पुरातात्विक महत्वको बारेमा प्रचार प्रसार हुने र पर्यटन प्रवर्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष कलवारले बताउनु भयो । उपचारका लागि अमेरिका प्रस्थान

फेसबुकबाट तपाईको प्रतिक्रिया