गाउपालिका तथा वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी/जन्म अधिकार सरोकार महासंघ नेपाल शाखा प्रताप्पुर ६ गुठिपरसौनी पश्चिम नवलपरासीको आयोजनामा एवं प्रदेश नम्बर ५ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रायलय, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय तथा घरेलु तथा साना उद्योग कार्यालयको सयुक्त सहयोगमा गरिवी निवारणका लागि लघु उधम विकास, गाउपालिका तथा वडा स्तरिय अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

प्रतापपुर गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष राम हरि उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अतिथिहरु प्रतापपुर गाउपालिका सदस्य शहिदु निशा अन्सारी, वडा नम्बर ६ का वडा सदस्यहरु नगिना लाल राजभर, राजेन्द्र गुप्ता, प्रभावती हरिजन, कार्यक्रम संयोजक सन्जु शर्मा, लेखा तथा प्रशासन शहायक दिनेश राना, समाजसेवि पशुपति नाथ चतुरवेदी, तुलसी उपाध्याय, चन्दलाल यादव लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधि, स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा बोल्दै अध्यक्ष वडा नम्बर ६ का वडाध्यक्ष राम हरि उपाध्यायले समाजमा देखा परेको गरिवी निवारण गर्न विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु आएको बखत यसलाई सबैले सहजै पग्रहण गर्नुपर्ने जरुरी रहेको बताउदै गरिवी परिवारलाई आफुले सक्दो सहयोग गर्न सदैव तयार रहेको समेत वताउनुभयो । उक्त कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता दुमन्ती थापा मगरले गर्नुभएको थियो ।