जि.पी कोइराला स्‍मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै

प्रकाशित मिति:

बुटवल – नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितीले गिरिजा प्रसाद कोइरालाको ९ औं स्‍मृति दिवशको अवसरमा चैत ५ गते क्याम्पस प्राण्गडमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।रक्तदान देखी दुखी बालबालिका एबम असहाय एबम वृद्धाको भावना अनुरुप सहयोग र सहकार्य गर्दै आइरहेको नेबी संघ इकाईले यस बर्षको स्‍मृति दिवशलाई थप प्रभाबकारी बनाउने उदेश्य लिएको इकाई सभापति महेश शर्मा बताउछन

।उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका रुपन्देही पार्टी सभापति अब्दुल रज्जाकको प्रमुख आतिथ्यता रहने इकाई समिती प्रचारप्रसार समितीले जानकारी दिएको छ । रचनात्मक एबम सामाजिक कार्यमा अग्रसर नेबी संघ सिद्धार्थ क्याम्पस इकाईले ६ बर्ष अघी देखीनै रक्तदान गर्दै आइरहेको छ । साथै इकाई समितिले नेपाल विद्यार्थी संघ संग आवद्द एबम सहयोगी मनहरुलाई उपस्थितीका लागि समेत अनुरोध गरेको छ ।२०६२/६३ को जनआन्दोलनमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजसंस्थाको अन्त्य संगै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको थियो । शान्ति, सहकार्य र प्रजातन्त्रमा विश्वास गर्ने कोइराला चार पल्ट देशको प्रधानमन्त्री बन्नुभएको थियो । कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको हो ।