पूर्वराजा भन्छन्,देशको अवस्था मलाई नसोध्नुस्

४ चैत्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया


राजविराज — पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान अवस्थाबारे आफूलाई नसोध्न आग्रह गरेका छन् । तराई मधेसका जिल्लाहरुका भ्रमणमा रहेका पूर्वराजा शाहले आइतबार छिन्नमस्ता भगवतीको पूजापछि संचारकर्मीसँग भने, यो कुरा मलाई सोध्ने होइन्,अरुलाई सोध्नुस् । पत्रकारले उनलाई देशको पछिल्लो अवस्थालाई कसरी हेर्नु हुन्छ भन्ने जिज्ञासा राखेका थिए ।

राजसंस्था फर्किने संकेत देख्नुभएको छ भन्ने अर्को प्रश्नमा पूर्वराजा शाहले जनतालाई सोध्नुपर्ने जवाफ दिए । पूर्वराजा शाहले १५ मिनेटसम्म छिन्नमस्ता भगवती मन्दिरमा पन्चोपचार विधिद्वारा पूजा गरेको छिन्नमस्ता शक्तिपीठका पिठाधिश महाकान्त ठाकुरले बताए ।भारतीय सीमा क्षेत्रसित जोडिएको छिन्नमस्ता गाउँपालिकास्थित भगवती मन्दिरमा पुगेका शाहलाई गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलसहितका जनप्रतिनिधिलगायतले स्वागत गरेका थिए । पूर्वराजाले छिन्नमस्ता मन्दिरकै धर्मशालामा पिठाधिस ठाकुर, गाउँपालिका अध्यक्ष मण्डललगायत सित केहीबेर कुराकानी गरेका थिए । मन्दिर पुग्नुअघि पूर्व राजालाई समर्थकहरुले राजविराजस्थित शिव मन्दिर अगाडि स्वागत गरेका थिए ।पूजापछि पूर्वराजा शाह सप्तरीको विष्णुपुर गाउँपालिकास्थित सशस्त्र प्रहरी बलको गण नम्बर ६ मा गएका थिए । पूर्वराजा फ्रेस हुन केही मिनेट आफ्नो गणमा आएको गणपति एसपी खेम थापा मगरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया