यी ३ राशि भएका पुरुषप्रति महिलाहरू प्रेममा पागल हुन्छन्, कतै तपाई त पर्नु भएन ?

प्रकाशित मिति:

कतिपय पुरुषहरू सधैँ यति आकर्षित हुन्छन् कि हरेक महिला उनीहरूको पहिलो नजर मै आफ्नो मुटु दिने गर्छन् अर्थात् प्रेम गर्दछन् । हामी सोच्ने गर्दछौँ कि वास्तवमा यस्तो किन हुन्छ र हरेक महिला यिनीहरूको प्रेममा पर्छन् । हामीलाई लाग्छ कि शायद उनीहरू अरू भन्दा बढी सुन्दर एवम् आकर्षक छन् तर वास्तवमा यो कुरा पूर्ण रूपमा सत्य हुँदैन किनकी यदि वस्तुशास्त्रमा ध्यान दिने हो भने त्यसमा भनिएको छ कि केही विशेष राशिका पुरुषहरू आकर्षणको दृष्टिकोणले बाँकी राशिको सुन्दर भन्दा सुन्दर पुरुषलाई पनि पछाडी पार्दछन् । यी मध्य सबैभन्दा आगाडी तीन राशिको पुरुष पर्दछन्, जसमा बढीजसो महिलाहरू केवल प्रेम मात्र दिन तयार नभई उनीहरूलाई पाउनका लागि कुनै पनि हद पार गर्न तयार हुन्छन् ।

मिथुन राशि- मिथुन राशि हुने पुरुषहरूको व्यक्तित्व निकै बलियो हुन्छ, जसको कारण उनीहरूले सजिलै महिलाहरूलाई आकर्षित गर्ने क्षमता राख्दछन् । यस राशिको पुरुषको विषयमा यो पनि देखिएको छ कि यिनीहरूको केवल एक इशाराले महिलाहरू घायल हुन्छन् । यी पुरुषहरू अरू भन्दा महिलाहरूको विश्वास जित्न माहिर हुन्छन् ।

सिंह राशि – वस्तुशास्त्रमा देखिएको छ कि सिंह राशिको पुरुष अन्य पुरुषको तुलनामा बढी रोमान्टिक हुन्छन् । यिनीहरू देख्नमा निकै असल र भद्र हुन्छन्, जो कसैसँग पनि बढी बोल्न रुचाउँदैनन् र यिनीहरूको यहि स्वभावले महिलाहरूलाई प्रेममा पागल बनाउँछ ।

तुला राशि –  तुला राशि हुने पुरुषहरूको यदि व्यवहारको कुरा गर्दा अरू दोस्रो राशिको पुरुषको तुलनामा निकै रहस्यमय देखिन्छ । यस राशिका पुरुषहरूले बढी कोशिश नगर्दा पनि महिलाहरू यिनीहरू प्रति आकर्षित हुन्छन् । यति मात्र नभई महिलाहरू यी पुरुषसँग मित्रता बढाउन निकै उत्साहित हुन्छन् ।

यो पनि पढ्नुस

ज्योतिषका अनुसार सोमबारको कारक ग्रह चन्द्र हो र यसको स्वामी शिव हो। त्यसैले यो दिन चन्द्र र शिवसँग जोडिएका उपाय अप्नाउनु पर्दछ। शिव पुराणका अनुसार यो दिन ब्रत राख्दा र भगवान शिवको पुजा गर्दा विभिन्न किसिमका समस्या हट्ने गर्दछन्। साथै परिवारमा सुख सान्ति भइरहन्छ। दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा पाउन सकिन्छ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार सोमबार कुन कुन उपाय अप्नाउदा शुभ फल प्राप्त हुने गर्दछ।

१) सोमबार साँझ सूर्यास्तपछि शिवको पुजा गर्नु विशेष महत्व मानिन्छ। किनकी सूर्यास्त हुनेवित्तिकै प्रदोष काल सुरु हुने गर्दछ , दिन र रातको बीचको समयलाई सन्धि काल भन्ने गरिन्छ। शिव पुराणका अनुसार अनुसार यो समय शिवजी प्रसन्न मुद्रामा रहने गर्दछन्। त्यसैले यो समयमा शिवको पुजा गर्दा भगवान चाडै प्रसन्न हुने गर्दछन्।

यसरी गर्नुहोस् विशेष पुजा

शिव मन्दिरमा गएर शिवलिंगमा दिप बाल्नुहोस् र ऊँ सांब सदा शिवाय नमः मन्त्रको जप १०८ पटक गर्नुहोस्। यसका लागि रुद्राक्षको माला प्रयोग गर्न सक्नुहुनेछ। शुद्ध जलमा गंगाजल र दूध मिलाएर शिव लिंगमा चढाउनुहोस्। जल चढाउने समय ओम नमः शिवाय मन्त्रको जप गर्नुहोस्। त्यसपछि भगवानलाई चन्दन चढाउनुहोस्। बेलपत्र, धतुरो पनि शिव लिंगमा चढाउनुहोस्। भगवानलाई पुजा सामाग्री चढाएपछि ओम नमः शिवाय मन्त्रको १०८ पटक जप गर्नुहोस्। त्यसपछि भगवानलाई मिठाइ चढाएर भक्तजनलाई बाढ्नुहोस्।