जुट्ने फुट्ने गठबन्धन पार्टी पनि जालि भो

प्रकाशित मिति:

जुट्ने फुट्ने गठबन्धन पार्टी पनि जालि भो
अरब खरब पकेट भित्र देश पनि ख़ाली भो

सानालाई ऐन ठुला लाई चैन ।। गराऊछन्
किन रुअख्तियारको जॉचपनि नक्कलि भो

देश बिकाश गर्लान भन्दा संसद भवन मा
पक्ष प्रतिपक्ष को हॉसो मनो मानि तालि भो

आफुले मन्त्रि नपाऊदा जनता मर्नुपर्ने के पाराहो
बम बारुत मा जनतालाई डरअनि कहालि भो

सोझा जनतालाई जाल झेल गर्दै भाषण किन
माफ़िया र राष्टघातिको देश मा हालिमुहालि भो

देश को अवस्था मा दुखेको रचना
शारदा क्षेत्रि