छैठो प्राचिन कपिलवस्तु महोत्सवको तयारी तीव्र

प्रकाशित मिति:

कपिलवस्तु-“प्राचिन कपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, धार्मिक स्थलको प्रर्वद्धन कृषि उद्योग र व्यापार” भन्ने मुल नाराका साथ छैठो प्राचिन कपिलवस्तु महोत्सवको तयारी तीव्र । उक्त छैठो प्राचिन कपिलवस्तु महोत्सवलाई सफल पार्नको लागी सचिवालय समितिले तयारीलाई तिव्र बनाएको छ । यहि चैत १८ गते देखी ३० गते सम्म तौलिहवा स्थित बुद्ध पद्यम उच्च माविको खेल मैदानमा हुदैछ ।

महोत्सवले मुख्य गरेर स्थानीय स्तरमा रहेको कला सस्कृती तथा बुद्ध स्थलहरुको पर्यटन प्रचार प्रसार गर्ने र जिल्लामा उत्पादित कृषि तथा घरेलु उत्पादनहरुको प्रवद्र्धन गर्ने मुख्य उदेश्य रहेको महोत्सवका संयोजक एवं तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी उर्फ दिपु ले जानकारी दिएका छन । विगतका राम्रा पक्षलाई निरन्तरता दिदै विशेष गरी पर्यटन प्रर्वद्धन हुने तथा स्थानीय हस्तकलाहरुको प्रदर्शन गर्ने र जिल्लामा अझै लुकेर रहेका संस्कृतिहरुको पहिचान गरी उजागर गर्ने र कृषि उत्पादनहरुको प्रर्दशन गर्ने जस्ता पक्षहरु समेटेर महोत्सव संचालन हुने बताइएको छ ।

सह–आयोजजको रुपमा कपिलवस्तु नगरपालिका रहेको छ । नगरपालिकाका जनप्रतिनिधी तथा नगरवासी र जिल्लाका राजनैतिक दलहरुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । त्यसका साथै ३१ वटा विभिन्न उप समिति निर्माण गरी सचिवालयले कार्य सूरुवात गरेको छ । महोत्सवमा १ सय ५० भन्दा वढि स्टलहरु रहने छन । विभिन्न उप समितिले निरन्तर कार्य गरेको हुदा हालसम्म ५० प्रतिशत कार्य सम्पन्न भएको संघका महासचिव अर्जुन चापागाईले बताए ।