रुपन्देही सुपर लिग,होराइजन डिभिजन बीमा घटुवा

प्रकाशित मिति:

रुपन्देही -आफ्नो अन्तिम खेलमा पराजित भएपछि न्यू होराइजन क्रिकेट क्लब बुटवल डिभिजन एबाट बीमा घटुवा भएको छ । सिद्धार्थ रंगशाला भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा सोमबार भएको डिभिजन ‘ए’ को खेलमा साई ग्लोबल क्रिकेट क्लब भैरहवासँग होराइजन ८ रनले पराजित भएको हो ।

टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित ५० ओभरको खेलमा १७ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनायो । उसका लागि सिजन मकाजुले १४ र प्रज्वल थापाले १३ रन बनाए । बलिङमा होराइजनका पुरुषोत्तम भट्टराईले ३, राहुल प्रजापति, शुसान्त भारी र गणेश गौडेलले समान २÷२ विकेट लिए ।प्रतिउत्तरमा ५३ रनको झिनो लक्ष्य पाएको होराइजन २०.१ ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमात्रै बनाउन सक्यो र पराजित भयो । उसका लागि नूरध्वज सेनले १६, विशाल खत्रीलेले ८ रन बनाए । बलिङमा साई ग्लोबलका दुर्गेश कुर्मीले ६, अहम्मद हुसेनले ३ र मोहम्मद हुसेनले १ विकेट लिए ।खेलमा दुर्गेश कुर्मी म्यान अफ दी म्याच घोषित भए । मंगलबार स्टार क्रिकेट क्लब ओमसतिया र शिवशक्ति क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । चैत ९ गतेसम्म चल्ने लिगको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै, म्यान अफ द सिरिजले १५, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले नगद ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् । प्रतियोगितालाई नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ भने विके ज्वेलर्स, सगरमाथा इन्स्योरेन्स, सुगम आवास र ह्याप्पी आवर ग्यामिङ क्लब भैरहवाले सहप्रायोजन गरेका छन् । यस्तै, प्रत्येक दिनको म्यान अफ दी म्याचलाई रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले प्रायोजन गरेको छ ।