नेपाली कांग्रेसको अनुशासन समिति गठनमा शीर्ष तहमा सहमती

लामो विवाद पछि नेपाली कांग्रेसको अनुशासन समिति गठनमा शीर्ष तहमा सहमती जुटेको छ

प्रकाशित मिति:

काठमाडौं । लामो विवाद पछि नेपाली कांग्रेसको अनुशासन समिति गठनमा शीर्ष तहमा सहमती जुटेको छ । सहमती अनुसार समितिको संयोजक केन्द्रीय सदस्य भिष्मराज आङदाम्बेलाई बनाइएकोछ । नेता अर्जुननरसिंह केसीका अनुसार हाललाई समितिको संयोजकको मात्रै टूंगो लागेको र अरु सदस्यहरु सहमतीमा टुंगाउने सहमती भएको हो । यस्तै समितिले गर्ने काम कार्वाहीका विषय समेत सहमतीबाटै निर्णय लिने सहमती भएको उनले जानकारी दिए। केन्द्रीय समिति बैठक भने ढीलो गरि रातको ८ बजे पछि सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  सभापति शेर बहादुर देउवा निकट स्रोतका अनुसार समिति सदस्यमा किशोरसिंह राठौर र देवेन्द्रराज कंडेललाई पनि चयन गरिएको छ बरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताले थप अन्य दुई सदस्यको नाम मंगलवार दिने देउवा निकट एक केन्द्रीय सदस्यले बताए । महासमितिको वैठकको भावना विपरित निर्णय गरेकोमा केहि नेताहरुले फरक मत राखेयता विवादका कारण कांग्रेस केन्द्रीय समिति १४ फागुन यता बस्न सकेको थिएन।