भित्र नेताहरुको बैठक बस्न नसक्दा बाहिर नेविसंघको धर्ना

४ चैत्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
67 Shares


काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरुले नेपाली कांग्रेसको बैठकबाट नेविसंघ बारे यथाशिघ्र निर्णय गराउन सोमबार फेरि धर्ना दिएका छन् ।नेपाल विद्यार्थी संघको निर्वतमान उपाध्यक्ष राम प्रसाद अधिकारीको नेतृत्वमा पार्टी कार्यालय सानेपामा गरिएको सो धर्ना सोमबार १० ,३० बजे शुरु भै १ बजे समापन गरिएको थियो । संघका निर्वतमान पदाधिकारी, केन्द्रीय सदस्य तथा सक्रिय कार्यकर्ताको उपस्थिति देखिएको सो धर्ना कार्यक्रमको मुख्य उद्धेश्य नेपाली कांग्रेसले बनाएको नेपाल विद्यार्थी संघको विधान अविलम्ब कार्यान्वयन गर्नुपर्ने पार्टीलाई बहुमतिय नभएर लोकतान्त्रिक विधिबाट चलाइनुपर्ने र पार्टीभित्र न्याय प्रणाली चुस्त पारिनु पर्ने लगायतका विषयहरु उठाइएको धर्नाका नेतृत्वकारी अधिकारीले बताएका छन् । नेपाल विद्यार्थी संघ विघटन भएको कारण त्रिविले समयमै स्ववियू चुनाव गर्न नसकेकाले यो मुद्दा समग्र क्षेत्रमा उठिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया