गुल्मीका पदम पौड्यालको दुबै मृगौला फेल सहयोगको लागि , अपिल

प्रकाशित मिति:

गुल्मी -गुल्मी जिल्लाको मालिका गाउँ पालिका वडा नं ८ निबासि पदम पौड्यालको दुबै मृगौला फेल भएपछि उनि बुटवलको सामुदायिक गौतम बुद्द हस्पिटल मा डारयलोसिस गराई रहेका छन् । १६ बर्षको उमेरमा भारतको नागालईन मा रोजिरोटि चलाउँदै आएका थिए । दुबै मृगौलाको उगचार गर्न निकै महगो र खर्चिलो भएकाले उनको उचारको लागि आर्थिक अभाब भएको पौड्याल परिबारले बताएका छन् ।

उनको उपचारको लागि आर्थिकको निकै अभाब भएपछि आर्थिक सकंलन गर्दै आएको र देश बिदेशमा रहेका सबै नेपालीलाई सहयोग गर्ने मालिका गाउँपालिका वडा नं ८ मर्भुङ्ग दगाास निबासि सहयोग संकलक टेक राज पाठकले आग्रह गरेका छन् । अहिले सम्म उनको उपचारको लागि करिब ३२ लाख रुपैँया लाग्ने हस्पिटलले बताएको छ । देश तथा बिदेशबाट उनको उपचारको लागि ३ लाख रुपैया उठेको पाठकले बताएका छन् ।

गाउँ पालिका मै बसोबास गर्दै आएको र वडाले सिपारिस गरेको खण्डमा गाउँ पािलकाबाट १५ हजार दिन सक्ने मालिका गाउँ पालिकाका प्रमुख रित थापाले बताए । उनको उपाचारको लागि सैनामैना नगरपालिका बुटबलले १० हजार दिएको थियो भने उनको घरमा १० बर्षिय एक छोरा ,६ बर्षिय एक छोरि र श्रीमति रहेका छन् ।