कांग्रेस गुल्मी जिल्ला सम्मेलनमा शेरबहादुर देउवा, र रामचन्द्र पौडेलले द्धारा सम्मेलनको उद्धघाटन हुने

प्रकाशित मिति:

गुल्मी कांग्रेसले यहि चैत्र १६ र १७ गते भव्यताका साथ जिल्ला सम्मेलन गर्न लागेको सम्मेलनमा कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलले द्धारा सम्मेलनको उद्धघाटन हुने भएको नेपाली काँगेस्र गुल्मीले बताएको छ ।

महामन्त्री शंशाक कोइरला, केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, केन्द्रीय सदस्य गगन थापा, गुरु घिमिरे लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने पार्टी सूचना तथा सञ्चार विभाग प्रमुख विष्णु कुमारी सापकोटाले जानकारी दिई्न् । पहिलो पटक गुल्मी जिल्लामा हुन लागेको जिल्ला सम्मेलनको पहिलोदिन आमसभा र दोसा्रे दिन कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुने नेपाली काँगेस्र गुल्मीका सभापति भुबन श्रेष्ठले बताए ।

नेपाली कांग्रेसले आफ्नो प्रथम जिल्ला सम्मेलनको तयारीलाई बिशेष तिव्रता दिएको छ । गुल्मी कांग्रेसले यहि चैत्र १६ र १७ गते भव्यताका साथ जिल्ला सम्मेलन गर्न लागेको हो । यसअघि गर्ने भनिएको सम्मेलन पार्टीको महासमिति बैठकका कारण केन्द्रीय नेताहरुको अनुपस्थित हुने देखिएपछि स्थगीत भएको नेपाली कांग्रेस गुल्मीले जनाएको छ । ऐतिहासिक प्रथम जिल्ला सम्मेलनलाई निकै महत्व र चसोको रुपमा हेरिएको, सम्मेलनबाट सिङ्गो कांग्रेसलाई अझ मजबुत र एकतामा ल्याउन राष्ट्रिय रुपमै सन्देश प्रवाह हुने बताईएको छ ।