रेखा थापाले खरिद गरिन् क्रिकेट टिम

प्रकाशित मिति:

ई दशकदेखि नेपाली फिल्ममा सक्रिय अभिनेत्री रेखा थापाले एनसिएल टि२० वुमन्स लिगु का लागि क्रिकेट टिम खरिद गरेकी छन् । उनले यस प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्सु टिम किनेकी हुन् । डेढ दशकदेखि महिलाको क्षेत्रमा अनवरत रूपमा काम गरेको बताउँदै उनले महिला क्रिकेट टिममा योगदान दिन टिम किनेको बताएकी छन् ।

सोमवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एनसिएल टि२० वुमन्स लिगु को लागि सहभागी टिम, मालिक र मार्की खेलाडीको घोषणा गरिएको छ । रेखाले महिला क्रिकेट टिममा योगदान दिने उद्देश्यले आयोजकले ल्याएको प्रस्ताव स्वीकार गरेको बताइन् । यस वर्षको तिहारमा प्रदर्शनमा आएको फिल्म मालिकाु पछि हाल उनी नयाँ फिल्मको तयारीमा छिन् । रेखाले खरिद गरेको क्रिकेट टिमको मार्की खेलाडीको रुपमा नेरी थापा छिन् । वैशाख ७ देखी १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने एनसिएल वुमन्स टि२०विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको प्लयेर अफ द म्याचु ले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अभिनेत्री रेखा क्रिकेट टिम खरिद गर्ने पहिलो नेपाली सेलिब्रेटी हुन् । नेपालमा आजसम्म कुनै सेलिब्रेटीले क्रिकेट टिम खरिद गरेको इतिहास छैन । क्रिकेटमा भविष्य खोज्ने महिला खेलाडीहरुका लागि रेखाको निर्णयले प्रोत्साहन मिल्ने देखिन्छ । महिला क्रिकेटमा लगानी गर्न नेपाली सेलिब्रेटीले चासो देखाउनुलाई सकारात्मक रुपमा लिइएको छ ।