राजधानीमा एक युवती बलात्कृत,, बलात्कारमा संलग्न २ प्रहरी जवान पक्राउ

प्रकाशित मिति:

राजधानीको कलंकीमा एक युवती बलात्कृत भएकी छन् । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सशस्त्र प्रहरी बलका दुई जवानलाई पक्राउ गरेको छ । पीडितले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा दिएको जाहेरीको आधारमा प्रेमी रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं पक्राउ परेका हुन् । उनीहरु दुबै सशस्त्र प्रहरी बल, बलम्बुमा कार्यरत थिए ।

घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।