दया र रेखाको ‘नीरफूल’ रिलिज घोषणा

५ चैत्र २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
75 Shares


काठमाडौँ -अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘नीरफूल’ ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । पत्रकार फूलमान वल निर्देशित यो फिल्म आउँदो भदौ २७ गतेबाट देशभर प्रदर्शनमा आउने वितरक मनोज राठीले जानकारी दिए । यसमा भूकम्पले बिछोडिएका एक परिवारको प्रेमकथा भनिएको छ ।

एक वर्ष अगाडि नै छायांकन सकिएको भए पनि विभिन्न कारणले यो फिल्म प्रदर्शनमा आउन सकेको थिएन । फिल्ममा अभिनेत्री रेखा थापा अतिथी भूमिकामा छिन् । शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडालगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । एनिमेसन र भीएफएक्सको काम सकिन समय लागेका कारण फिल्म प्रदर्शनमा आउन समय लागेको निर्देशक वलले बताए । फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । फिल्ममा धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत् कथा भन्ने प्रयास गरिएको निर्देशक फूलमान बताउँछन् ।

फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल र ग्रिनतारा इन्टरटेनमेन्टको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता डोमा सोनाम हुन् । प्रमोद कार्कीको छायांकन रहेको यसमा अर्जुन पोखरेलको संगीत छ । फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • निजि बिद्यालय भन्छन –“सरकारको निणर्य कार्यन्वयनमा समस्या छ ।”
  • घरबहाल छुट दिन सरकारले गरेको अनुरोधको स्वागत
  • विपन्न परिवारलाई खाद्यान्न वितरण
  • कोरोनाकोषमा पूर्वराजा ज्ञानेन्द्र द्धारा दुई करोड सहयोग
  • पोर्चुगलमा संगै वस्ने ८ नेपाली कोरोना संक्रमित
  • कोरोना संक्रमणको उपचारमा आशाका किरण देखिए : डा. रवीन्द्र पाण्डेय
  • कोरोना अस्पतालको लापरवाहीले पतीको मुत्य भएको पत्नीको दावि , छानवीन नभएसम्म…
  • गल्याङमा एक सय दश जना होम क्वारेन्टाइनमा
  • साँझ आमा डेरा फर्कदा उनिहरुले बुझीसकेका थिए–‘अब हामी टुहुरा भयौं’
  • राप्ती गाउँपालिकाले आर्थिक अवस्थाका आधारमा राहत वितरण गर्ने