आज मंगलबार गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ

वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाको ५ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको त्रयोदशी तिथि दिवा १२।१० बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । मघा नक्षत्र बेलुका ५।३० बजेसम्म रहनेछ । यसैगरी आज धृति योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ६।१२ मा छ भने सूर्यास्त बेलुका ६।१४ बजे हुनेछ । चन्द्रमा सिंह राशिमा छन् । आज मंगलबार गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी हनुमान जीको उपासना पनि आज सुखद् रहनेछ । उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्