रिक्सासँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

प्रकाशित मिति:

काठमाण्डौ – बालाजुमा मोटरसाइकल र रिक्सा ठोक्किँदा एकजनाको ज्यान गएको छ ।सोमबार राति बा ७५ प ३७२२ नम्बरको मोटरसाइकल रिक्सामा ठोक्किँदा मोटरसाइकल पछाडि सवार काठमाण्डौको रानीबारी बस्ने काभ्रेका ३६ वर्षीय हरि श्रेष्ठको ज्यान गएको हो ।

मोटरसाइकल चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।