जिपी कोईराला स्मृति दिवसको अवसरमा नेबिसंघ सिद्धार्थ क्याम्पसद्वारा रक्तदान

प्रकाशित मिति:

बुटवल – नेपाली कांग्रेसका तत्कालिन सभापति एबम पूर्वप्रधान मन्त्री स्वर्गीय गिरीजाप्रसाद कोईरालाको स्मृति दिवसको अवसर पारेर नेपाल बिद्यार्थी संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ९ औँ जीपि कोईराला स्मृति दिवसको अवसर पारेर नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितिको आयोजनामा मंगलबार क्याम्पस प्राण्गडमा भएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाको २०६६ साल चैत ७ गते देहावसान भएको थियो ।

उहाँको देहावसान पछि नेपाल बिद्यार्थी संघले सो क्याम्पसमा स्वर्गीय कोईरालाको स्मृतिमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ ।कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले नेपाली राजनीतिमा काँग्रेस संस्थापक नेता कोईरालाको योगदान चिरस्थायी रहने बताउनु भयो । उहाँको योगदानलाई नयाँ पुस्ताको बिचमा पनि ताजा बनाई रहनकालागि यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउँदै कार्यक्रमलाई निरन्तर गर्न आग्रह गर्नुभयो ।

सभापति रज्जाकले अहिले मुलुकमा कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार भएपनि जनताले सरकारको अनुभूति गर्न नपाएको बताउँदै सरकार आफैले मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाउने काम गरेको आरोप लगाउनु भयो । उहाँले सरकारलाई सुध्रिन आग्रह गर्दै बिराएको बाटोमै सरकार अंगाडी बढीरहने हो भने त्यसको हिसावकिताव भविश्ले खोज्ने उल्लेख गर्नुभयो ।

नेपाल बिद्यार्थी संघ इकाई समितिका सभापति महेश शर्माको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, सैनामैना नगर समितिका सभापति रामप्रसाद अधिकारी, निमित्त क्याम्पस प्रमुख रिता रेग्मी ढकाल नेबिसंघकी पूर्व केन्द्रीय सदस्य जमुना ढकाल, नेबिसंघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसका संस्थापक सभापति बिनोद घिमिरे, पब्लिक क्याम्पस प्राध्यापक संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसका अध्यक्ष गोपाल पन्थी, विद्यार्थी नेत्री सम्झना क्षेत्री लगायतले भनाई राख्नुभएको थियो ।सोही अवसरमा नेपाल बिद्यार्थी संघले सांस्कृति तथा होली मिलन कार्यक्रम समेत गरेको थियो । कार्यक्रम इकाई सचिव दिपक घिमिरेको सञ्चालनमा भएको थियो ।

साथै होली मिलन : हिन्दू नेपालीहरुको महत्वपूर्ण चाडका रुपमा रहेको फागु अर्थात होली पर्बको पूर्व सन्ध्यामा क्याम्पसले होली मिलन कार्यक्रम समेत सम्पन्न गरेको छ । एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाएर क्याम्पसका विद्यार्थीहरुले होलीलाई भब्य रुपमा मनाएका थिए ।