दीपमा शुभकामना कार्यक्रम

प्रकाशित मिति:

बुटवल-बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलमा आज मंगलबार कक्षा १० का विद्यार्थीहरुलाई शुभकामना कार्यक्रम गरिएको छ । २०७५ सालको एस.ई.ई.मा सहभागी हुने कक्षा १० का १ सय ३२ जना विद्यार्थीहरुलाई कक्षा ९ का विद्यार्थीहरूले शुभकामना कार्यक्रम गरेका हुन् ।कक्षा ९ का विद्यार्थी राजन गैरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजू, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य कलाधर अर्याल , ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य , कक्षा ११ र १२ का संयोजक बसन्त कुमार जोशी, व्यवस्थापन संकाय संयोजक डी.बी. रायमाझी लगायतले विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिनुभएको थियो ।

सो अवसरका कक्षा १० का विद्यार्थीहरुले शिक्षक कर्मचारीहरुलाई सम्मान गरेका थिए भने कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो सहित शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीहरु युनिशा भण्डारी, तनुषा देवकोटा, सिद्धार्थ झा र एलिना सिवाकोटीले गरेका थिए ।