एनआरएन अमेरिकाको आगामी निर्वाचनमा उपाध्यक्षका प्रत्याशी पन्थ सबैका लोकप्रिय

५ चैत्र २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
19 Shares


प्रकाश अधिकारी \ दमौली ४ चैत तनहुँ  ,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA)अमेरिकाको २०१९(२०२१ निर्वाचनमा नजिकिँदै गर्दा उपाध्यक्षका उम्मेदवार रहेका कृष्ण जिवी पन्थ प्रचारप्रसार र भेटघाटमा व्यस्त हुन थालेका छन्। तनहुं जिल्लाको व्यास नगरपालिका वडा न।१२ कमलबारीमा जन्मिएका पन्थ नेपाल हुँदै देखि सामाजिक कार्यमा सक्रिय व्यक्तित्व हुन् । नेपालमा रहंदा समाज कल्याण मन्त्रालयको सहयोगमा युसेप नेपालद्वारा संचालित नेपालको पहिलो बाल सुधार गृह, सानोठिमी, भक्तपुरमा संयोजकको रुपमा काम गरेका पन्थ बाल सुधार गृह नेपालका विभिन्न अभियोगमा जेलबन्दी बिताईरहेका १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई जेलबाट मुक्त गरी सुधारगृहमा राखी शिक्षा, स्वास्थ्य, बालअधिकार पैरवी तथा सामाजिक पुनस्र्थापन जस्ता गहन सवालहरुमा काम गर्ने संस्थामा आबद्ध थिए।उनले यो परियोजना स्वीकृत, संचालन तथा कार्यन्वयनका साथै कुशल व्यवस्थापकको रुपमा एक दशकसम्म नेतृत्वदाई भूमिका निर्वाह गरेका थिए। पन्थी एक दशक देखि अमेरिकाको डिसी महानगर क्षेत्रमा ब्यबसाय गर्दै आएका सरल स्वभावका व्यक्ति हुन्। नेपालीहरुका विभिन्न संघ संस्थाहरुमा नजिक रहेका पन्थ गैरआवासीय नेपाली संघको अभियानमा पनि सक्रिय छन्।

उपाध्यक्षका प्रत्याशी पन्थ आफ्नो क्षेत्रमा घर दैलो गर्दै अमेरिकामा रहेका नेपाली समुदायका विभिन्न व्यक्तिलाई एनआरएनको सदस्य बन्न प्रेरित र सहयोग गरेका थिए। पन्थका आफन्त, साथी र समर्थकहरले अमेरिकाको थुप्रै शहरहरुमा उनको सपोर्टमा सदस्यहरु बन्न प्रेरित गरेको र बनाएका छन्। पन्थीले बाल्टिमोरको हिन्दु बुद्ध मन्दिर स्थापनाका लागि चालिएको महाअभियानमा व्यक्तिगत तथा सामुहिक रुममा ठुलो योगदान गरेका थिए। हाल उनी सो मन्दिरका ट्रष्टी समेत रहेका छन् । त्यसैगरी उनले बाल्टिमोर एसोसीयसन अफ नेपालिज इन अमेरिका ९बाना ० को सामुदायिक भवन बनाउन समेत सहयोग गरेका थिए। पन्थ बानाको सल्लाहकार तथा सामुदायिक भवनको ट्रष्टी हुन्। समाजसेवी भावनाका पन्थले नेपालमा बिधालय, बालसुधार गृह तथा बृद्धाश्रमहरुलाई सहयोग गर्दै आइरहेका छन्। हाल नेपालीहरुलाई ूव्यवसायको स्वामित्व आफैं लिउूँ भन्ने अभियानका साथ इण्टर्प्रेनरको रुपमा अगाडी बढ्न उत्प्रेरित गर्दै आएका छन्। उनले सामान्य र थोरै लगानीमा पनि पार्टनर बनाएर उनीहरुको मनोबल बढाउंदै लगेका छन्। समाज मिलाउन र जोडेर लैजाने कार्यमा पन्थ एउटा असल नमुनाका रूपमा नेपाली समुदायमा पन्थ परिचित छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रचण्ड र नेपालबीच खुमलटारमा गोप्य छलफल
  • वालिङ ३ माझकोटमा स्वास्थ्य शिविर २ सय ५० जनाले पाए…
  • दुई दिने सिएफएलजिको कार्य सम्पादन समिक्षा तथा कागजात व्यवस्थापन कार्यशाला…
  • तिर्थराज राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ समारोहलाई सम्बोधन गर्न सिटौला नवलपुर…
  • नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
  • नेकपा सचिवालय बैठक सोमबार बस्ने
  • दोस्रो भीरकोट महोत्सव फागुनमा- ‘पर्यटन बर्ष सफल बनाउन महोत्सव’
  • विवाह पछि ऋचा भन्छिन् : ‘माया अनि आर्शिवाद सदैब यसरी…
  • ‘यो स्वर्ण दूध बेचेर मलाई कलेज पढाउने आमालाई’
  • भ्वाइस अफ नेपाल जितेपछि राम लिम्बु ट्रफी लिएरै पहिलो पटक…