प्रहरी उपरीक्षक अधिकारीलाई अमेरिकाको बाल्टिमोरमा भव्य स्वागत

प्रकाशित मिति:

प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीलाई अमेरिकाको बाल्टिमोरमा  तनहुँ अमेरिका सोसाइटीले भव्य स्वागत तथा सम्मान गरेको छ। हालै मात्र नेपाल प्रहरीको डिएसपीबाट उपरिक्षक एसपीमा बढुवा भएका श्याम कृष्ण अधिकारीलाइ अमेरिकाको बाल्टिमोरमा भव्य स्वागत तथा सम्मान गरिएको छ। दुई हप्ते भ्रमणमा रहेका अधिकारीलाई तनहुँ अमेरिका सोसाइटीले एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको हो। महावाणिज्यदुत प्रेमराजा महतले स्वागत गरेको कार्यक्रममा एनआरएन आइसीसी सदस्य राजन त्रिपाठी, तनहुं अमेरिका सोसाइटीका अध्यक्ष पल रेग्मी, महासचिव तथा एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा उपाध्यक्षका उम्मेद्वार कृष्णजिवी पन्त, तनहुंवासीका अग्रज युद्ध बहादुर पन्त, गोबिन्द सुबेदि साइबर अपराध र शुरक्षा अभियन्ता डा। रामहरी सुबेदि, बानाका बरिष्ठ उपाध्यक्ष सुबोध पन्त, हरि कृष्ण अधिकारी, रोशन रेग्मी, हरि गैरे, किरण पन्त, हरि बस्नेत, पदम गुरुङ, शिव मल्ल, जनक गोदार, अनिल गोदार, शुसिला खनाल सुबेदि, शुलोचना पन्त लगायत तनहुङ्गेहरूको सहभागिता रहेको थियो । कार्यक्रमका अवसरमा एसपी अधिकारीले अमेरिकाको व्यस्त समयलाई समेत व्यवस्थापन गरेर नेपाल बाट आउने पाहुनालाई गर्ने स्वागत तथा सम्मानले आफुलाई निकै हर्षित भएको बताएका थिए। एसपी अधिकारी स्वदेश फर्किसकेका छन्।