चौधरीलाई फेसन डिजाइनर उपाधि

प्रकाशित मिति:

चैत, बुटवल । १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै नवलपरासीकी शान्ति
चौधरीले फेशन डिजाइनर कन्टेस्टको उपाधी जितेकी छन् । नेभारा
फेशन डिजाइनर इन्ष्टिच्यूट बुटवलको आयोजनामा बुटवलमा सम्पन्न
प्रतियोगितामा २२ वर्षिया चौधरीले उपाधी सहित ताज, मेडल र प्रमाणपत्र
हात पारेकी हुन् । प्रतियोगितामा बुटवलकी विनिता थापा फस्ट रनरअप,
बुटवलकै माईया थारु सेकेण्ड रनरअप र रिना थापा क्षेत्रीले भ्युअर्स
च्वाइसको उपाधि जितेका छन् । प्रतिस्पर्धी फेशन डिजाइनरहरुले
नेपाली, आधुनिक तथा विभिन्न जनजातिका जातिय पहिरन प्रस्तुत गरेका थिए ।
फेशन डिजाइनका विद्यार्थीहरु आफुले तयार पारेका पहिरनमा मोडल
बनेर स्टेजमा उत्रिएका थिए । बुटवलमा फेशन डिजाइन प्रतियोगिता
सुस्ताएकाले निरन्तरता दिन प्रतिायेगिता आयोजना गरिएको इन्स्टिच्युटका
प्रवन्ध निर्देशक ध्रुव रानाले बताए ।