प्रेमलीला’ को वियोगान्त गीत रिलिज

प्रकाशित मिति:

काठमाडौँ -यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमलीला’ को वियोगान्त लिरिकल भिडियो गीत रिलिज भएको छ । ‘सबको कहानी उस्तै’ बोलको गीतमा शोभा पाण्डेको स्वर छ भने महेश खड्काको संगीत र डा।कृष्णहरी बरालको शब्द रचना छ । गीतमा फिल्मका चलरअचल दृश्यहरु समावेश गरिएको छ ।

नेपाली युवती र एक भारतीय युवकको प्रेमकथामा फिल्म आधारित छ । फिल्ममा अभिनेत्री दीपशिखा खड्काको निर्माण र अभिनय छ । उनको प्रेमीको भूमिकामा भारतीय मोडल अली खान छन् । साथै, मौसम खड्काको पनि फिल्ममा लिड रोल छ । यसको कथा दीपशिखा आफैंले लेखेकी हुन् ।

पवन गौतमको छायांकन रहेको यसमा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि यसमा अभिनय छ । फैजल फिल्मस्को ब्यानरमा बनेको फिल्ममा नानीमैयाँ कार्की निर्मातामा छिन् । यो फिल्मले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ ।