आज पूर्णिमाव्रत, पञ्चाङ्गसहित हेर्नुहोस्

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल चैत्र महिनाका ६ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको चतुदशी तिथि दिवा ९।४८ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । पूर्वाफाल्गुनी नक्षत्र दिवा ३।५३ बजेसम्म रहनेछ । यसैगरी आज शूल योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६।११ मा छ भने सूर्यास्त बेलुका ६।१४ बजे हुनेछ । चन्द्रमा सिंह राशिमा छन् । आज पूर्णिमाव्रत परेको छ । आज शिवजीको उपासना पनि श्भ रहनेछ । फागु पूर्णमा भोलि भएपनि व्रत भने आजै परेको छ । उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद् harekpal bata