के के निर्णयहरु गर्यो नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले

६ चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
38 Shares


केन्द्रीय कार्यसमिति बैठकको निर्णयहरु

१ विखण्डनको मार्ग परित्याग गरी मुलुकको अखण्डता स्वीकार गरेर संविधानभित्रबाट समाधानमा पुग्न चाहने समूहलाई स्वागत गरिरहँदा समाधानको विधिका बारे रहेको गम्भीर विरोधाभासलाई सुस्पष्ट गर्न बैठक सरकार समक्ष माग गर्दछ । सम्झौताको दुई साता पुग्दासम्म ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या नगरिनु अत्यन्तै आपत्तिजनक छ । तराई–मधेश लगायत मुलुकको सबै भू–भागका आम नेपालीको भावना अविभाज्य नेपाल रहेको तथ्य पनि बैठकले स्मरण गराएको छ । २ नेत्रबिक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन बैठकले अपिल गरेको छ । निषेधको मार्गबाट होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न बैठकले सरकार समक्ष आग्रह गरेको छ । दशक लामो हिंसाबाट जर्जर भएको मुलुकले भर्खरै मात्र शान्ति प्राप्त गरेको स्मरण गर्दै बैठकले सत्तारुढ र विद्रोही दुबै नेकपालाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेत गराएको छ ।  राष्ट्रिय संवेदनशीलताका विषयमा कुनै पनि महत्वपूर्ण निर्णय गर्नु अघि र पछि पनि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई वर्तमान सरकारले त्याग गरिरहेको विषयप्रति गम्भीर आपत्ति प्रकट गर्दै बैठकले सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।

केन्द्रीय अनुशासन समितिलाई पूर्णता
४। नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधित र परिमार्जित० को धारा ३४ ९७० अनुसार श्री भीष्मराज आङ्दम्वेको संयोजकत्वमा गठित “केन्द्रीय अनुशासन समिति’ को बाँकी रहेको दुई सदस्यहरुमा प्रस्तावित श्री उमाकान्त चौधरी र श्री धनराज गुरुङलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकले यस अघिको केन्द्रीय अनुशासन समितिमा रहनु भएका संयोजक श्री रमेश रिजाल लगायत समितिका सबै सदस्यलाई धन्यवाद व्यक्त गरेको छ ।  नियमावली मस्यौदा समिति गठन
५ नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधित र परिमार्जित० को धारा २२ ९६० अनुसार देहाय बमोजिमको “पार्टी नियमावली मस्यौदा समिति” सर्वसम्मतिले गठन गरेको छ । जस अनुसार—
संयोजक — श्री रमेश लेखक
सदस्य — श्री मीन विश्वकर्मा
सदस्य — श्री जीवन परियार
सदस्य — श्री ईश्वरी न्यौपाने
सदस्य — श्री प्रदीप पौडेल

केन्द्रीय निर्वाचन समिति गठन
६ नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधित र परिमार्जित० को धारा ३५ ९१० अनुसार देहाय बमोजिमको “केन्द्रीय निर्वाचन समिति” सर्वसम्मतिले गठन गरेको छ । जस अनुसार—
संयोजक — श्री राधेश्याम अधिकारी
सदस्य — श्री गोपालकृष्ण घिमिरे
सदस्य — श्री खम्मबहादुर खाती
सदस्य — श्री सिताराम के।सी।
सदस्य — श्री एकराज पोखरेल

७ मुलुकभर अत्यन्त हर्षोल्हासका साथ मनाइने होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृृद्धिको बाटो तर्फ लैजान हामी सबैलाई प्रेरित गरोस् भन्दै यस सुखद अवसरमा सम्पूर्ण दिदी–बहिनी तथा दाजु–भाइहरुमा कार्यसमितिको यो बैठक हार्दिक शुभ–कामना व्यक्त गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया