प्रतिष्ठानको सातौँ महाधिबेशन पोखरामा हुने

प्रकाशित मिति:

बुटवल -राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौँ महाधिबेशन पोखरामा हुने भएको छ । मंगलबार बसेको केन्द्रिय कार्यसमितिको वैठकले महाधिबेशन आगामी मंसिरमा पोखरामा गर्ने निर्णय लिएको हो ।आगामी बैशाख १५ सम्म सदस्यता नविकरण तथा थप गर्ने, आगामी असार मसान्त सम्म जिल्ला अबिधेशन र प्रदेशको अबिधेशन आगामी साउन मसान्तसम्म सम्पन्न गर्ने र आगामी मंसिर ६, ७ र ८ मा पोखरामा महाधिबेशन गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले बताए ।

समन्वयका लागि प्रदेश नं १ का लागि केन्द्रिय सदस्य शिव हमाललाई जिम्मेवारी तोकेको छ भने प्रदेश नं २ मा कृष्ण प्रसाद गौतमलाई सम्पर्क व्यक्ति तोकिएको छ । प्रदेश नं ३ का लागि पुरुषोत्तम थापा, ४ को लागि तारापति सुबेदी, ५ को लागि लक्ष्मण खड्का, ६ को लागि कृष्ण रेउले र ७ को लागि सुरत रावललाई सम्पर्क व्यक्तिको रुपमा तोकिएको छ ।बैठकले पाँचौ राष्ट्रिय अर्ना खुला लोकदोहोरी रनिङशिल्ड प्रतियोगीता सम्पन्न गर्न सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद दिने निर्णय गरिएको छ ।