लगातार पैसा सकिने मात्र काम भैरहेको छ ? यी हुन् पैसा जान रोक्ने ५ उपाय !

प्रकाशित मिति:

यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक ,मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ । त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ ।त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।

किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने , र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।