धुमधामका साथ मनाइँदै होली, यस्तो छ होलीको धार्मिक र ऐतिहाँसिक महत्व

६ चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
253 Shares


काठमाडौं – रंगहरुको पर्व भनिने होली आज पहाडी धुमधामका साथ मनाइदै छ । तराईका जिल्लामा भने बिहीबार होली मनाइदैछ । विभिन्न प्रकारका रंग, मिष्ठान्न परिकार र साथीसंगीहरुको साथले पर्व अझै रंगिन भएको छ ।रंगको माध्यमबाट परिवार, आफन्त तथा साथीहरुसँग प्रेम, माया र सदभाव साटासाट गर्ने पर्व धुमधामका साथ मनाइदैछ । रंग दलेर खेलिने होलीमा केही वर्षयता रंगभन्दा बढी लोलाको प्रयोग हुन थालेको छ । प्रेम, माया साटासाटभन्दा पनि लोला हानि अरुलाई दुःख दिने काम बढी हुन थालेको छ । तर, पछिल्ल वर्षमा प्रहरीले गरेको कडाइले यस्ता विकृतीमा कमी आइरहेको छ ।

होलीको इतिहास

होली प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमामा मनाइन्छ । यो हिन्दुहरुको महत्वपूर्ण चाडमध्येको एक हो । होली रंगहरुको पर्व हो । होलीको दिन मानिसहरुले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरु हालेर एक अर्कालाई रंगिन बनाउँदै मनाउँछ । पर्वको अघिल्लो दिन राति होलीका दहन गर्ने चलन छ । राति होलीका दहन गरेपछि बिहान पानीमा रंग घोलेर एक अर्कालाई छ्यापी होली पर्व मनाइन्छ । भनिन्छ होली पर्वको दिन पुरानो कटुता बिर्सेर एक–अर्कासँग सम्बन्ध सुधार गर्छन् । फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर गाडेपछि होली सुरु भएको मानिन्छ । पौराणिक भनाइअनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपुनामक राक्षसले भगवान विष्णु भक्त आफनै छोरा प्रहृलादलाई मार्न अग्निकुण्डमा बहिनी होलिकासँग अग्निकुण्डमा पठाउँछ । होलिकाले आगोले नडढाउने वरदान पाएकी हुन्छिन् । दाजुको आदेशअनुसार होलिका प्रहृलादलाई काखमा लिई अग्निमा बस्छिन । तर होलिकाले वरदानलाई गलत प्रयोग गरेकाले आगोबाट उनी जल्छिन तर, प्रहृलाद जल्दैनन् । सोही होलिका दहन भएको खुसियालीमा रङ र अविर छरेर होली पर्व मनाउन सुरु गरिएको हो । एक अर्को प्रसंग अनुसार द्वापर युगमा श्री कृष्ण भगवानलाई मार्न उद्देश्यले दुध खुवाउन आएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएको खुसियालीमा होली मनाउन सुरु गरिएको भन्ने पनि भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया