आज अन्तर्राष्ट्रिय खुसी दिवस, खुसी हुन अपनाउनुस् यी पाँच उपाय

प्रकाशित मिति:

आज २० मार्च अर्थात् अन्तर्राष्ट्रिय खुसी दिवस । तर यदि तपाइँ खुसी हुनुहुन्न भने पनि चिन्ता नगर्नुस्। किनभने खुसी कसरी हुने भन्ने तपाईँ सिक्न सक्नुहुन्छ। जसरी संगीतकर्मी र खेलाडीले निरन्तरको प्रयासले आफूलाई प्रशिक्षित गर्छन्, कमजोरी सुधार्छन् र सफल हुन्छन्। तपाईँले पनि खुसी हुन गर्नुपर्ने त्यस्तै हो। खुसी अनायसै भइहाल्ने कुरा होइन, तपाईँ कति धेरै खुसी हुने भन्ने कुरा तपाइँले त्यसका लागि कति अभ्यास गर्नुहुन्छ भन्नेसँग जोडिन्छ, अमेरिकाको यल विश्वविद्यालयमा मनोविज्ञान र आत्मबोध सम्बन्धी विज्ञानका प्राध्यापक लोरी सान्तोस भन्छिन्।

सन्तोस आफ्नो कक्षा मनोविज्ञान र राम्रो जीवनमा निराशाबाट कसरी बच्ने भन्ने बुझाउन तयार छिन्। यल विश्वविद्यालयको ३१७ वर्षे इतिहासमा उक्त कक्षा सबैभन्दा लोकप्रिय रह्यो। यसअघिका सबै रेकर्ड तोड्दै १,२०० भन्दा बढी विद्यार्थीहरू उक्त कक्षामा सहभागी भए। विज्ञानले प्रमाणित गरेको छ कि खुसी हुन केही सचेत प्रयासहरू आवश्यक पर्छन्। यो सहज छैन, समय लाग्छ तर सम्भव छ, सान्तोसले भनिन्। तपाईँले सान्तोसले सिकाएका यी पाँच अभ्यासहरूबाट सुरु गर्न सक्नुहुनेछ।

१. कृतज्ञताको सूची बनाउनुस्: सान्तोसले आफ्ना विद्यार्थीहरूलाई एक साताभर हरेक साँझ आफू धन्य वा कृतज्ञ हुने कुराहरू लेख्न लगाउँछिन्। त्यो नै उनीहरूको कृतज्ञताको सूची बन्नेगर्छ। झट्ट सुन्दा यो निकै सामान्य लाग्नसक्छ। तर नियमित यस्तो अभ्यास गर्ने विद्यार्थीहरू हामीले खुसी पाएका छौं, सान्तोसले भनिन्।

२. धेरै र राम्ररी सुत्नुहोस्: एक साताभर दैनिक आठ घण्टा सुत्ने चुनौति अर्को महत्त्वपूर्ण अभ्यास हो। सान्तोसका अनुसार यो सामान्य अभ्यास नै विद्यार्थीका लागि सबैभन्दा कठिन बन्नेगर्छ। यो मुर्ख्याइँजस्तो पनि लाग्न सक्छ। तर हामीले के पाएका छौं भने धेरै र राम्ररी सुत्दा निराशाजन्य समस्याहरू कम हुनेगर्छन् र तपाईँको सकारात्मक सोचमा सुधार आउँछ, सान्तोसको भनाइ छ।

३. ध्यान गर्नुस् : दैनिक १० मिनेटजति ध्यान गर्नुस्। आफ्नो विद्यार्थीकालमा यस्तो अभ्यासले आफूलाई निकै आनन्दित पारेको सान्तोस बताउँछिन्। अहिले उनी प्राध्यापक छिन् र विद्यार्थीहरूलाई दिने सुझावमा एकाग्रता कायम गर्न ध्यानहरूले सघाउने र त्यसको नतिजा खुसीसँग जोडिने भन्ने हुनेगर्छ।

४. परिवार र साथीहरूसँग धेरै समय बिताउनुहोस् : सान्तोसका अनुसार परिवार र साथीहरूसँग बिताउने गुणस्तरीय समयले साँच्चिकै खुसी बनाउने भन्ने कुरा नयाँ अध्ययनका निष्कर्षहरूले समेत बताएका छन्। मन पर्ने मानिसहरूसँग हुने स्वस्थ्य अन्तरसंवाद र सामाजिक सम्बन्धहरुले मनोविज्ञानको भाषामा हाम्रो जीवन स्वस्थ बनाउन राम्ररी सघाउँछ। यो कुनै ठूलो कुरा होइन। सान्तोस भन्छिन्, वर्तमानको मूल्य छ भन्ने कुरामा आफूलाई सुनिश्चित पार्नुस् त्यसरी बिताएको समयप्रति सचेत हुनुस्। समयप्रतिको धारणा खुसी हुनका लागि निकै महत्त्वपूर्ण कुरा हो , हामी धेरैजसो हामीसँग कति सम्पत्ति छ भन्ने सोच्छौं, सान्तोस थप्छिन्। तर अध्ययनहरूले के देखाएका छन् भने सम्पत्तिको अर्थ हामीसँग कति समय छ भन्ने कुरासँग जोडिएको हुन्छ।

५. कम सामाजिक सञ्जाल र धेरै वास्तविक सम्बन्धहरू  : फोनलाई परै राखेर आफूलाई सकृय पार्नुस्। सामाजिक सञ्जालले खुसीबारे हामीलाई गलत बोध गराइरहेको हुनसक्छ। र, सान्तोस त्यसमाथि आफ्नो काबु हुनुपर्ने बताउँछिन्। एउटा पछिल्लो अध्ययनले के देखाएको छ भने इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल धेरै प्रयोग गर्नेहरू तिनको प्रयोग नगर्नेभन्दा कम खुसी छन्।

तपाईँसँग भएका कुरा यिनै हुन् : तपाईँ अब साँच्चिकै जीवनमा खुसी हुन चाहनुहुन्छ भने धेरै कृतज्ञ हुनुहोस्, आनन्दले सुत्नुस्, मनबाट अनावश्यक कुरा हटाउनुस्, मनपर्ने मानिसहरूसँग समय बिताउनुस् र सामाजिक सञ्जाललाई केही समय छुट्टी दिनुस्। यल विश्वविद्यालयका विद्यार्थीलाई यसले काम गर्‍यो भने पक्कै तपाईँलाई पनि गर्नेछ – इभा ओन्टिभेरोस / बीबीसी विश्व सेवा