३१ युनिट रगत रेडक्रस सोसाइटीलाई हस्तान्तरण

प्रकाशित मिति:

भैरहवा -विज्ञान र प्रविधिको युगमा कोरा किताबी ज्ञानलाई भन्दा पनि तालिम प्राप्त शिक्षकबाट समयको माग अनुसार विद्यालयहरुले गुणस्तरी शिक्षा दिनुपर्नेमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईले जोड दिनुभएको छ । भैरहवाको नेपाल शैक्षिक तालिम केन्द्र प्रा.लि. द्वारा आयोजित रक्तदान तथा होलिमिलन कार्यक्रमा बोल्दै अध्यक्ष पछाईले हरेक विद्यालयले मन्टेश्वरी, नर्सरी, एल केजी, युकेजी मा पढाउने शिक्षक तालिम प्राप्त हुनुपर्नेमा जोड दिँदै अहिलेका बालबालिकालाई मन्टेश्वरी शिक्षा अनिवार्य रहेको बताउनुभयो ।

सिद्धार्थनगरपालिका स्थित वडा नम्बर ८ रविपथमा रहेको नेपाल शैक्षिक तालिम केन्द्र प्रालिको आयोजना तथा आर्थिक बुलेटिन पत्रिकाको सहआयोजनामा सम्पन्न रक्तदान कार्यक्रमा विशिष्ट अतिथी वरिष्ठ पत्रकार दिलिप भट्टराईले संस्थाले शैक्षिक तालिम दिनुका साथै जापानिज भाषा सिकाउने भैरहवाको पुरानो जापानिज भाषा प्रशिक्षण केन्द्र भएको बताउनु भयो । त्यस्तै विशिष्ट अतिथी तथा आर्थिक बुलेटिन पत्रिकाका अध्यक्ष चन्द्रमणि अधिकारीले नेपाल शैक्षिक तालिम केन्द्र प्रालिले विश्वमै प्रतिस्पर्दा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।उक्त कार्यक्रमा प्राज्ञ बूँद राना, भैरहवा मर्निङवाक गु्रपका उपाध्यक्ष बाबुराम केसी, त्रिवि भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक शंकर पन्थी, बैंकर्स मधुसुदन पोखरेल, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुरेन्द्र पौडेल, नेपाल रेडक्रस सोसाइटि सिद्धार्थनगरका सदस्य खगेन्द्र शर्मा, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य लेखनाथ भट्टराई, नेपाल रेडक्रस सोसाइटि रक्त सञ्चार शाखा भैरहवाका हरि प्रसाद सापकोटा लगायतले मन्तव्य राख्दै नेपाल शैक्षिक तालिम केन्द्र प्रालिले गुणस्तरी शिक्षा प्रदान गर्नुका साथै सामाजिक कार्य रक्तदान कार्यक्रमको आयोजना गरेर पुण्यको काम गरेको बताउनुभयो ।

भविष्यका कर्णधार बालबालिकालाई मन्टेश्वरी पद्धति अनुसार शिक्षा दिन सकेमा बौद्धिक विकासमा टेवा पुग्ने कार्यक्रमका अध्यक्ष बिन्दु खरालले बताउनुभयो । उहाँले भन्नुभयो– “बालबालिकालाई सिकाउँदा मैले सिक्दै छु भन्ने अनुभव गराउनु भन्दा पनि म खेल्दैछु भन्ने भावनाबाट सिकाइ गराउनु पर्दछ ।”संस्थाले असत्य को पराजय र सत्यको विजय प्राप्ति भएको पावन दिन (फागुपुर्णिमा ) होली को अवसरमा ३१ युनिट रगत नेपाल रेडक्रस सोसाइटिलाई हस्तान्तरण गरेको छ ।कार्यक्रमसंस्थाका अध्यक्ष बिन्दु खरालको अध्यक्षता, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाईको प्रमुख आतिथ्यता, संस्थाका प्रबन्धक तथा जापानिज भाषा प्रशिक्षक पुनहरि बेल्बासेको स्वागत मन्तव्य र आर्थिक बुलेटिनका प्रकाशक गोपाल बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।