बुटवल उद्योग बाणिज्य संघमा होली मिलन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल /बुटवल उद्योग बाणिज्य संघले आज होलीका अवसरमा संघ सचिवालयमा होली मिलन कार्यक्रम गरेको छ । संघले रुपन्देहीमा क्रियाशिल संघ सस्थाका पदाधिकारी, सरकारी कार्यालयका प्रमुख, संघका बस्तुगत समितिका पदाधिकारी, पत्रकार तथा व्यवसायीहरुबीच होलि मिलन तथा शुभकामना कार्यक्रम गरेको हो ।कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्दै संघका अध्यक्ष खिम बहादुर हमालले रंग र उत्साहहरुको पर्व होलीले सबै नेपालीहरुलाई खुशि राख्न सकोस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरीएको बताउनु भयो । उहाले मुलुकको समृद्धिका लागि होली जस्ता सामाजिक सदभावका पर्वले महत्वपुर्ण भुमिका खेल्ने बताउदै नेपाली सस्कृतिमा आधारित पर्वलाई सबैले संरक्षण गनृूपर्ने बताउनुभयो ।

कार्यक्रममा संघका पुर्वअध्यक्ष शंकर प्रसाद श्रेष्ठले होलीलाई रमाइलोका रुपमा मात्र नभई आपसी मिलन र सदभावका रुपमा लिदै स्वदेशी बस्तुको प्रयोग गरी मुलुकलाई कसरी आत्म निर्भर गराउन सकिन्छ भन्ने हिसावले पनि मनाउन र सोच्नु पर्ने बताउनु भयो ।प्रदेश नम्वर ५ को कृषि मन्त्रालयका उपसचिव डा। शान्ता कार्कीले होलीमा बिदेशी बस्तु र रंगको प्रयोग नगरी स्वदेशी बस्तु र उत्पादनको प्रयोग गरी मुलुकलाई आत्मनिर्भर बनाउने तर्फ उद्योग व्यवसायी र नागरीक लाग्नुपर्ने बताउनु भयो ।कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू महासचिव दिनेश प्रसाद श्रेष्ठ,पत्रकार दामोदर खनाल लगायतले होलीको महत्व माथि चर्चा गर्दै मुलुकको आर्थिक समृद्धिको कामना गर्नु भएको थियो ।