अमरपथमा भोली होली मिलन कार्यक्रम हुँदैँ !

प्रकाशित मिति:

बुटवल – फागु पर्व नजिकिदै जाँदा बुटवल बजार परिसरमा होली मिलन समारोहमा तीब्रता आएको छ । आजभोली विभिन्न राजनीतिक दल, समाजिक संस्था, युवा क्लवहरु दिनहुँ होली मिलन समारोह गरिरहेका छन् । आफना ईष्टमित्रलाई बोलाएर अबिर लगाउने, होली गीत गायन हुने र खाजापछि समापन हुने होली मिलनको विशेषता रहने गरेको छ । प्रत्येक दिन एक दर्जन भन्दा बढी यसप्रकारको कार्यक्रम हुने गरेको देखिएको छ ।

मुलत २ दिन चल्ने होली पर्ब पहाडी ईलाकामा फाल्गुण शुक्ल चतुर्दशीका दिन अर्थात आजकै दिन मनाउने गर्ने चलन छ त्यस्तै फाल्गुन शुक्ल पुर्णिमाको दिन तराईका ईलाकामा मनाउने परम्परा बिगत देखी चल्दै आएको छ । नेपाल र भारतमा रहेका हिन्दूहरुको प्रमुख चाडमा रहेको होली बुटवलका युवाहरुले बुटवल उपमहानगरपालिका अमरपथ प्रहरी बिट नजिक दिनको मध्यान्ह १२ बजे लगतै संचालन हुने होली मिलन कार्यक्रमका संयोजक संयोजक अर्जुन गुरुङले बताए ।

उनी भन्छन ,- ‘ हामी युवाहरुले बिगतका बर्ष देखीनै मनाउदैँ आएको होली मिलन यो बर्ष अल्ली प्रिथक र शान्तीपूर्ण बनाउने प्रयासमा लागेका छौ ‘ ।  एकआपसमा रंग साटासाट गर्नुका साथै आत्मियता र भाईचराको सम्बन्धमा थप सुमधुर पन ल्याउन र बर्ष दिनभरिको पिडालाई एकदिन रंगीन बनाई मनलाई शान्त बनाउन होली अर्थात फागु पुर्णिमाको दिनलाई लिइन्छ । बुटवलमा यस बर्ष पनि बिभिन्न ठाउँमा होली कार्यक्रमको तयारी भैरहेको छ । रुपन्देही बासी आमाबुवा दाजु भाई एबम दिदिबहिनीका साथै बिभिन्न पेशाब्यवसायमा संलग्न सबैमा उपस्थिती भई होली मिलन कार्यक्रमलाई सम्पन्न गर्न समेत आग्रह गुरुङले गरेका छन ।