शशांक निवासमा होलीः धार्मिक स्वतन्त्रताका लागि जनमत संग्रह गरौं

प्रकाशित मिति:

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा पुनः वकालत गरेका छन् । काठमाण्डुको टोखास्थित बुधबार आफ्नै निवासमा होलीको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सो कुराको वकालत गरेका हुन् ।

काँग्रेस महामन्त्री कोइरालाले आफूलाई तीन पटक जिताएर पठाएका धेरै जनता हिन्दु धर्मावलम्बी रहेको भन्दै उनले भने धार्मिक स्वतन्त्रता नभन्ने हो भने जनमत संग्रह गर्नुपर्ने बताए । धेरैजसो हिन्दु धर्मालम्बीहरुले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पारे । उनले आफ्नो पार्टी जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि बताए । कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नहुने हो भने आगामी निर्वाचनमा पनि काँग्रेस विजयी हुन नसक्ने महामन्त्री कोइरालाको बुझाई छ ।