त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालकोजीत

प्रकाशित मिति:

काठमाडौं/ त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा मेरिलेबोन क्रिकेट क्लब(एमसिसीलाई ९ विकेटले हराएको छ। एमसिसीले प्रस्तुत गरेको ४१ रनको लक्ष्य नेपालले ४ ओभर ४ बलमा एक विकेट गुमाएर पुरा गर्‍यो। नेपालको जितमा सुबास खकुरेलले अविजित १६ र अनिल शाहले ९ रन बनाए। ज्ञानेन्द्र मल्लले पनि अविजित १२ रन बनाए।

यसअघि इङ्ल्यान्डको लर्ड्स मैदानमा टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेको नेपालले एमसिसीविरुद्ध राम्रो बलिङ गर्‍यो।

एमसिसीले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर ४० रन बनायो। एमसिसीका लागि माहेला जयाबर्द्धनाले सर्वाधिक २४ रन बनाए। नेपालका सोमपाल कामीले दुई र शक्ती गौचनले एक विकेट लिए। वर्षाका कारण ६र६ ओभरको खेल खेलाईएको हो। पाँच रन जोड्दा दुई विकेट गुमाएको एमसिसीले तेस्रो विकेटका लागि २२ रनको साझेदारी गरेको थियो।

पारस खड्काले एक ओभरमा सात रन,सन्दीप लामिछानेले एक ओभरमा १३ रन,गौचनले एक ओभरमा ६ रन र ललित भन्डारीले एक ओभरमा पाँच रन खर्चिए। सोमपालले दुई ओभरमा ८ रन दिए।

यसअघि सोही मैदानमा सम्पन्न पहिलो खेलमा नेदरल्यान्ड्सले एमसिसीलाई १० रनले हरायो। वर्षाका कारण ६ ओभरमा घटाईएको खेलमा एमसिसीले ७३ रनको लक्ष्य पाएको थियो। तर एमसिसीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर मात्र ६२ रन जोड्न सक्यो। एमसिसीका जोनाथन ट्रटले २१ रन बनाए। वरुण चोप्डाले २४ रन जोडे।

इङ्ल्यान्डको लर्ड्स मैदानमा यसअघि नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्दै तीन विकेट गुमाएर ७२ रन जोड्यो। नेदरल्यान्ड्सका तोबियास भिजी एक्लैले ५८ रन बनाए। उनले २३ बलमा पाँच छक्का र चार चौका प्रहार गरे।