कसौधन समितिले मनायो होलिमिलन कार्यक्रम

प्रकाशित मिति:

झविन्द्र देवकोटा  बुटवल, ६ चैत । कसौधन सेवा समिति रुपन्देहीले बुधबार बुटवलमा होलिमिलन कार्यक्रम गरेको छ । कसौधन समुदाय भित्र रहेका कसौधन सेवा समितिमा आवद्ध सदस्यहरुका विचमा आपसि मेलमिलाप, सद्भाव तथा भाइचारा कायम गर्नका लागि कसौधन सेवा समिति, कसौधन महिला समिति र कसौधन युवा समितिले संयुक्त रुपमा होलिमिलन कार्यक्रम गरेका हुन् ।  सेवा समितिका अध्यक्ष राधेश्याम कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा कसौधन सेवा समितिका संरक्षक जवलराल कसौधन, आदित्यनारायण कसौधन, अजय कास्यप, महिला समितिकी अध्यक्ष सिता गुप्ता कसौधन, महिला समितिका संस्थापक अध्यक्ष पुष्पा कसौधन, युवा समितिका अध्यक्ष धमेन्द्रकुमार कसौधन, कार्यक्रम संयोजक बसन्त कसौधन लगायतले आपसि सद्भावको पर्व होलिलाई आफ्नै मौलिकता अनुसार मनाउनु पर्ने बताउनुभयो । सेवा समितिका महासचिव महादेव कसौधन र महिला समितिकी सचिव प्रियंका कसौधनको संचालनमा भएको कार्यक्रममा फागुपुर्णिमा र यससँग सम्वन्धीत साँकृतिक प्रस्तुतीसँगै होलीका दहन कार्यक्रम समेत गरिएको थियो ।