विराटनगर जीपी फाउण्डेशनमा होली कार्यक्रम सम्पन्न

नेतृ सुजता कोइरालाले आगन्तुकहरुलाई अबिर लगाएर शुभकामना दिईन्

प्रकाशित मिति:

विराटनगर, ६ चैत।  जीपी फउन्डेशन प्रदेश नम्बर १ को आयोजनामा आज विराटनगरमा होली मिलन कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा फउन्डेशनकी अध्यक्ष तथा नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले आगन्तुकहरुलाई अबिर लगाएर शुभकामना दिईन् । कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्वाहाङ, मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगायतले एकअर्कालाई रंग लगाएर शुभकामना साटासाट गरे । कार्यक्रममा विभिन्न होली सम्बन्धी गीतमा अतिथिहरुले नृत्य प्रस्तुत गरेर रमाइलो गरे । यस्तै हन्डीफोर, म्युजिकल चेयरलगायतका खेलहरु खेलाइएको थियो ।