नेपाल विश्वको १०० औं खुसी देश

प्रकाशित मिति:

काठमाडौं– नेपाल विश्वका खुसी देशको सूचीमा १०० औं स्थानमा परेको छ।संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान सञ्जालले अन्तर्राष्ट्रिय खुसी दिवसका अवसरमा बुधबार सार्वजनिक गरेको ‘वर्ल्ड हेप्पीनेस’ सर्वेक्षणअनुसार १५६ देशमध्ये नेपाल ४।९१ अंकसहित १०० औं स्थानमा परेको हो।

दक्षिण एसियामा सबैभन्दा खुसी देशमा पाकिस्तान अग्रस्थानमा छ। पाकिस्तान ६७ औं स्थानमा छ। सार्वजनिक सूचीमा भुटान ९५, बंगलादेश १२५, श्रीलंका १३०, भारत १४० र अफगानिस्तान १५४ औं स्थानमा छ।आय, स्वतन्त्रता, विश्वास, स्वस्थ आयु, सामाजिक स्थायित्व तथा आत्मियताका आधारमा खुसी मापन गरिएको हो।