फिल्म ‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री ओली सिटी सेन्टरमा

६ चैत्र २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली फिल्म क्याप्टेन हेर्न कमलपोखरीस्थित सिटी सेन्टर पुगेका छन्।आफ्ना पिता मनप्रसाद ओलीसहित सरकारका मन्त्री र पार्टीका नेता लिएर सिटी सेन्टर पुगेका प्रधानमन्त्री ओलीले बीग मुभिजमा साँझको शो मा उक्त फिल्म हेरिरहेको ओलीसँगै रहेका एक नेताले नागरिक न्यूजलाई जानकारी दिए।

युवा अभिनेता अनमोल केसीको अभिनय रहेको फिल्म फुटबल खेल, राष्ट्रियता र खेलाडीले भाग्नुपर्ने समस्यालाई उठान गरिएको छ।प्रधानमन्त्रीसँग नेकपाका नेताहरु विष्णु पौडेल, रघुवीर महासेठ लगायतले पनि फिल्म हेरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया