साफ फुटबलः फाइनलमा नेपाल भारतसँग भिड्ने

प्रकाशित मिति:

विराटनगर । पाँचौं महिला साफ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइन खेलमा भारतले बङ्गलादेशलाई ४–० गोलले पराजित गरेको छ । भारतले अब फाइनल खेल नेपालसँग खेल्नेछ ।विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा भारतीय खेलाडी इन्दुमती कथरेसाले दुई तथा डालिमा छिबर र मनिषाले एक÷एक गोल गरिन् ।

भारतका लागि खेलको १७औँ मिनेटमा छिबरले पहिलो गोल गरिन् भने कथरेसाले २२औँ मिनेटमा अर्को गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् ।यस्तै खेलको ३७औँ मिनेटमा कथरेसाले व्यक्तिगत दोस्रो गोल गरी भारतलाई ३–० को अवस्थामा पु¥याइन् ।खेल सकिन केही मिनेट बाँकी छँदा भारतीय खेलाडी मनिषाले गोल गर्दै भारतलाई ४–० गोलले जिताइन् । शुक्रबार नेपाल र भारतबीच फाइनल खेल हुनेछ । भारत पाँचौँ पटक फाइनलमा पुगेको हो ।