एक किलो अफिमसहित मियाँ पक्राउ

७ चैत्र २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
15 Shares


वीरगञ्ज/जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको गण्डक चोकबाट प्रतिबन्धित लागुऔषध अफिमसहित आज एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का ५४ वर्षीय बसिर मियाँ रहेका छन् ।

वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका मियाँलाई गण्डकमा जाँच गर्दा शरीरमा लुकाई–छिपाई राखेको अफिम बरामद गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर लागुऔषध सम्बन्धि मुद्दा चलाउने तयारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया